Banner News

राष्ट्रपतिले कानुनविद्हरुसँग नागरिकता विधेयक सम्बन्धमा छलफल गर्दै



काठमाडौँ, २४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरुसँग छलफल गर्दैछन् ।

आज दिउँसो उनले नागरिकता विधेयकका सम्बन्धमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । दुवै सदनबाट पारित भएको विधेयक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएकी थिइन् ।

उक्त रोकिएको विधेयकका सम्बन्धमा राष्ट्रपतिले छलफल गर्न लागेका हुन् ।