राजनीति

सभामुखद्वारा सांसदलाई विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन



काठमाडौँ, २४ बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक बसेका बेला सांसदहरूलाई विद्युतीय हाजिरी गराउन निर्देशन दिएका छन् ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि सांसदहरूको उपस्थिति बढाउन विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन दिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख घिमिरे भने, ‘संसद्मा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद् सचिवालयलाई ई–हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’