समाचार

नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा



काठमाडौँ, २५ बैशाख । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशम्शेर जबरा रहेका छन् ।

यसैगरी बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन पनि एसएसपीमा बढुवा भएका हुन् ।