काठमाडौँ, २५ बैशाख । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ ।
बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा आजदेखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ । वैशाख २४ गते नै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसैमा छलफल हुन लागेको हो ।
प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्