काठमाडौँ, २५ बैशाख । संवैधानिक परिषद्को बैठक आज साँझ बस्दैछ ।
बैठक साँझ ६ बजेलाई तय भएको बताईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन् । संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्