पोखरा, २५ बैशाख । परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनासतालमा सोमबार मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले खबर गरेका थिए । घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो ।
भण्डारी आइतबार राति मध्यरात १ बजे काठमाडौँबाट जहाज चढेर पोखरा आएका थिए । । ३१ वर्षीय भण्डारी जहाजबाट पोखरा आइसकेपछि भण्डारीले राति २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको स्रोतले जनाएको छ । उनी आइतबार राति १० बजे अपिस जानुछ भनेर घरबाट निस्केका थिए ।










प्रतिक्रिया दिनुहोस्