विश्व

यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर



एजेन्सी, २७ बैशाख । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत ५० लाख अमेरिकी डलर दिनुपर्ने अदालतले फैसला सुनाएको बीबीसीले जनाएको छ ।

लेखिका जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दयार गरेकी थिइन् ।