राजनीति

संसद् बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौँ, २७ बैशाख । प्रतिनिधिसभाको बुधबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आकस्मिक समयमा बोल्न नपाएको भन्दै राप्रपाले बैठक सञ्चालनमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

संसद्मा बोल्न पाउनुपर्ने भन्दै राप्रपाले बैठकमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।