काठमाडौँ, २८ बैशाख । नेकपा एमालेको चौथो केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
आजदेखी ३० गतेसम्म चल्ने बैठक झापामा बस्ने भनिएता पनि संघीय संसदमा बजेट अधिवेशन चलिरहेकाले काठमाडौँमा बस्ने भएको हो । बैठक केन्द्रीय कार्यालय, च्यासलमा विहान १० बजेबाट सुरु हुँदैछ । केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक)हरु सहभागी हुनुहुनेछ ।
तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ । बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीद्को राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्