काठमाडौँ, २८ बैशाख । रातो मच्छिन्द्रनाथको रथ आउँदो जेठ ८ गते लगनखेलबाट जावलाखेलतिर तानिने भएको छ ।
बिहीबार ज्योतिषीले जुराएको शुभसाइतानुसार सो दिन रथ लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जावलाखेलतर्फ रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीले बताएका छन् ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइनेमध्येकै सबैभन्दा लामो जात्रा हो ।










प्रतिक्रिया दिनुहोस्