सम्पादकीय

एसएसपी कार्यालयअगाडि केटीको निहुँमा ग्याङफाइट



ललितपुर, २ माघ । ललितपुर प्रहरी परिसरको सामुन्ने रहेको फुटबल चौरमा शनिबार साँझ भएको कन्सर्टमा एक युवकमाथि छुरा प्रहार भएको छ ।

छुरा प्रहारबाट काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षीय मिलन लामा गम्भीर घाइते भएका छन् । केटीको विषयलाई लिएर विवाद भएपछि अर्को समूहले उनीमाथि छुरा प्रहार गरेको बुझिएको छ ।

पेटमा छुरा प्रहार भएपछि उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गरेको अभियोगमा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ । छुरा हान्ने मुख्य युवक फरार रहेका छन् ।

ललितपुर परिसरको नेतृत्व एसएसपीले गर्दै आएका छन् । प्रहरी कार्यालयअगाडि सो घटना भएपछि प्रहरीको आलोचना हुन थालेको राजधानी दैनिकमा समाचार छ ।