काठमाडौँ, ३० बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न छानबिन समिति बनाएर पञ्चायतकलाका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गर्न आग्रह गरेका छन् ।
शनिवार माइतीघर मण्डलामा भएको भष्टाचारविरोधी धर्ना कार्यक्रममा बोल्दै भट्टराईले देशमा अस्थिर सरकार भएका कारण भ्रष्टाचारीमाथि कारबाही हुनेमा शङ्का गर्ने ठाउँ रहेको बताएका हुन् । उनले लोकतन्त्रका कारण भ्रष्टाचार बढेको नभई विगतमा मन्त्री भएका सम्पूर्ण जीवित व्यक्तिको एउटा अधिकार सम्पन्न छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने उल्लेख गरे । भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खबरदारी हुनुपर्नेमा जोड दिएका छन् ।
उनले कानुनमा अपराधीलाई उन्मुक्ति दिने छिद्रहरू रहेको बताउँदै राज्यले खुट्टा नकमाईकन भष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले निष्पक्ष छानबिन समिति बनाएर सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले पञ्चायतकलाका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गर्ने संयन्त्र बनाएर काम गर्न आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्