समाचार

थप ३७ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज



काठमाडौँ, ३० बैशाख । देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १४ जना संक्रमित निको पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ । यो पीसीआरबाट संक्रमण पुष्टि भएको संख्या मात्र हो ।

सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् । महामारी सुरु भए यता देशमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।