उदयपुर, ३० बैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन् ।
मन्त्री रिजालले उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले मन्त्री रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराएका थिए । अनुगमन तथा निरीक्षणमा कर्मचारीहरूको भावना बुझ्ने रहेको बताउँदै मन्त्री रिजालले यथाशीघ्र सबै समस्याको समाधान गर्ने तर्फ आफू अग्रसर रहने बताए ।
उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन) ले साझा धारणा सहित मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाएका थिए । मन्त्री रिजालले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनु पर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्