Banner News

नेपाली कांग्रेसको डिजाइनमा ‘प्रदेश नं २ को निर्वाचन सारियो   ईश्वर पोखरेल



काठमाडौँ २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्तारुढ दल नेपाली कांग्रेसको डिजाइनमा प्रदेश नं। २ को स्थानीय निर्वाचन सारिएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौँमा गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले निर्वाचन सार्नका लागि मधेस केन्द्रि राष्ट्रिय जनता पार्टी राजपा लाई प्रयोग मात्रै गरिएको दाबी गरे ।

‘राजपालाई समेट्ने नाममा निर्वाचन सार्ने काम कांग्रेसको ग्रान्ड डिजाइनमा भएको हो’, उनले भने, ‘निर्वाचन सार्ने काममा राजपालाई प्रयोगमात्र गरिएको हो ।’

निर्वान सार्ने काम कांग्रेसले नै गरेको उनको दाबी थियो । ‘निर्वाचन सार्ने काम कांग्रेसको ग्रान्ड डिजाइन हो’, उनले अगाडि भने, ‘यसमा अझ पुर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिको प्रमुख हात छ ।’