झापा, ३१ बैशाख । प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट दुई जना महिला पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ५ सुकुम्वासी बस्ती बस्ने वर्ष ६० की सैरुन खातुन भन्ने चम्फा चौधरीले बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याकगरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्