शैक्षिक

सरकारले संविधान संशोधनको नाममा बेमौसमको झ्याली पिटिरहेको छः उपाध्यक्ष रावल  



कल्पना बोहरा

अझाम,१८ माघ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सबै नेपालीको एकतामा मात्रै देश अगाडि बढ्न सक्ने बताँए । एमाले अछाम क्षेत्रनम्वर २ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै रावलले सो कुरा बताएका हुन ।

सबै नेपालीको एकता, आपसी सदभाव र हितको लागिनै देशमा संघियता ल्याईएको उल्लेख गरे । नेपाली जनताले ७० वर्ष लगायर देशलाई यो अवस्थामा पुर्यायको भन्दै नेता रावलले सबैले, शिक्षा स्वास्थ्य र ईज्जत प्रतिष्ठालाई अगाडी बढाँउन पाउनुपर्ने वताए ।

जनताले आफनो अधिकारलाई राम्ररी उपयोग गर्न पाँउन भनेर नै देशमा संघियता ल्याईएको भन्दै नेता रावलले केही दलले तराई पहाड मिल्नै नहुने कुरा गरेर आतंक मच्चाईरहेको आरोप लगाँए । २ नम्वर प्रदेमा चुनाव हारेकाहरु ५ नम्वर प्रदेशमा आएर जनता भड्काईरहेको नेता रावलले वताए ।

अव सबै नेपाली एकजुट भएर नेपालको मुहार फेर्ने बेला भएको उपाध्यक्ष रावलको भनाई थियो । संविधानको कुन धारा कुन ब्यावस्थाले कुन जनता र कुन समुदायलाई असर गर्यो काँग्रेस माओवादीले भन्न सक्नुपर्यो भन्दै रावलले प्रश्न गरे ।

सरकारले संविधान संसोधनका नाममा बेमौसमको झ्याली पिटिरहेको बताँउदै सच्चा देशभक्तहरुले संविधान संसोधन गर्नुपर्छ भनेर नभनेको उल्लेख गरे । नेपालमा महिलाहरु पनि राष्टपति, सभामुख र प्रधानन्यायधीस भएको स्मरण गर्दै नेता रावलले यस्तो ब्यावस्था संसारको कुनैपनि देशमा नभएको बताए ।