काठमाडौँ, ५ जेठ । सरकारले उच्च व्याजदर र तरलता संकुचनलाई आगामी बजेटले सम्बोधन गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता संकुचन, उच्च व्याजदर मूल्यवृद्धि, न्युन पूँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताएका छन् ।
सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुने गरी उपयोग गरिने बताए।
सरकारले सामुदायिक वनलाई विशेष प्राथमिकता दिएर वन्य, जन्तु तथा काठको संरक्षण गर्ने जनाएको छ । सामुदायिक वन फलाउनेछ धन कार्यक्रमसहित सामुदायिक वनमा हरिण, कालिज लगायतका वन्यजन्तुहरुको संरक्षण गर्ने जनाएको हो ।










प्रतिक्रिया दिनुहोस्