विश्व

इमरान खानले पाकिस्तान सरकारको तुलना हिटलरसँग गरे



एजेन्सी, ८ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको वर्तमान सरकारको तुलना हिटलरसँग गरेका छन् ।

उनले ट्विटरमा एउटा यस्तो तस्बिर सेयर गरेका छन् जसमा २७ फेब्रुअरी १९३३ मा जर्मन संसद्को भवनमा आगलागी भएको लेखिएको छ ।

उनले लेखे, ‘कम्युनिस्टले ठुलो हिंस्रक घटना गराउनका लागि तयारीमा छन् भन्दै नाजी नेतृत्व र यसका सहयोगीहरूले यस घटनालाई आफ्नो फाइदाको लागि प्रयोग गरे । र त्यसपछि उनीहरुले यो रोक्नका लागि आपत्कालीन कानुनको आवश्यकता भएको बताए । यो कानुनको प्रयोग मानिसको संवैधानिक सुरक्षालाई हटाउन गरियो जसका कारण नाजी ताना शाहीका लागि मार्ग प्रशस्त भयो ।’

उनले हिटलरले आफ्नो विरोधी कम्युनिस्टलाई दमन गर्नका लागि आगजनीको घटनाको जसरी प्रयोग गरेका थिए पाकिस्तानमा पनि यस्तै भइरहेको बताएका छन् ।