धनुषा, ९ जेठ । जिल्लाको जनकपुर उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको नगदसहित एक भारतीय पक्राउ परेका छन् ।
प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २० लाख रूपैयाँ बरामद गरेको हो ।
प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्