राजनीति

इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग



काठमाडौँ, ९ जेठ । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् ।

उनले सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे ।