Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ९ जेठ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णय सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन्

सार्वजनिक निर्णयहरु:

१. सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत भएको छ । जापान सरकारबाट मानव संसाधन विकास छात्रवृत्तिका लागि यो अनुदान साहयता लिइएको हो ।

२. बैठकले अर्थमन्त्रीको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गरेको छ । यसले भन्सारसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि बाटो खुलेको छ ।

३. बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर सहायत स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै, विद्यायलय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

४. बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।