सुनसरी, ९ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थितमा मिनि ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ क ७८६४ नम्बरको मिनि ट्रकले सोमबार सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिदा इटहरी उपमहानगरपालिका–१७ बस्ने ५२ वर्षीय केशवकुमार कार्कीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका उनकोे उपचारको क्रममा धरानको घोपामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साइकल, मिनि ट्रक र ट्रक चालक मकवानपुर–७ का ४० वर्षीय ज्ञानबहादुर सिङ्ताङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्