राजनीति

नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिलाद्वारा शपथ ग्रहण



काठमाडौँ, १० जेठ । नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन् । मन्त्री महतोको शपथपछि प्रधानमन्त्री प्रचण्डले शीतल निवासमै आयोजित समारोहका बीच प्रमिला कुमारीलाई राज्यमन्त्रीको शपथ लिएका हुन् ।