राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेका छन् : गगन थापा



काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले अनुसन्धान कसरी भइरहेको छ भन्ने जनताले एक एक हेरेर बसेको बताए ।

उनले भने, “जसरी नाम आएको छ, एक प्रकारले लाज पनि लजाएको छ । को को परेको हो भनेर सुन्दै जाँदा हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ,” “तर, यसमा सरकारको परीक्षा हेर्नुछ । अनुसन्धान कसरी भइरहेको छ, सबै जनताले हेरिरहेका छन् ।”