काठमाडौँ, ११ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सूचना जारी गरी सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन ५ बुँदे निर्देशन दिएको हो । जारी सूचनामा ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्थाअनुसार सो निर्देशन दिइएको उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्