अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ११ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।