दाङ, ११ जेठ । दाङमा जीपले स्कुरटलाई ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज बिहान दंगिशरण गाउँपालिका-५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरलाई ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्