समाचार

एक जना फरार प्रतिवादी पक्राउ



काठमाडौँ, ११ जेठ । एक जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहीबार दर्ता विनाको औषधि ओसार प्रसार पैठारी निकासी मुद्दामा फरार रहेका झापाको बाह्रदशी गाउँपालिका ४ का २९ वर्षीय इतियाज आलमलाई पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानीका लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।