अर्थ

कालिकोटमा खाद्यान्न अभाव



कालिकोट, १२ जेठ । सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ ।

कर्णालीलगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारण समयमै चामल पाउनबाट वञ्चित छन् ।

चालू वर्ष पनि तोकिएको समय चामल ढुवानी नहुँदा दैनिक २० देखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालिकोटमा खाद्यान्नका चरम अभाव भएको हो । नेपालगन्ज र बर्दियाबाट समयमै चामल नआउँदा कालिकोटमा खाद्यान्न अभाव भएको छ । सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुँदा कालिकोटको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।