समाचार

विशेष अभियानमा छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने



काठमाडौँ, १२ जेठ । अभियान चलेका बेला छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर खोप लगाउन पाइने छ ।

सरकारले गएको वैशाख १५ र ३१ गते विशेष अभियान नै चलाएर खोपबाट छुटेका बालबालिकालाई खोप दिएको थियो । यो जेठ महिनामा विशेष अभियान नभए पनि नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाइने भएको छ ।

५ वर्षमुनिका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप दिइनेछ । खोपले बालबालिकालाई विभिन्न रोग तथा अपाङ्गता र मृत्यु हुनबाट जोगाउँछ ।