काठमाडौँ, १३ जेठ । नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ ।
हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणले जनाएको छ । हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको छ ।
आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र भोलिदेखि पुनः नियमित निर्यात हुने छ । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको हो ।
प्राधिकरणमा अनुसार हिजो झण्डै सात रुपैयाँप्रति युनिटका दरले निर्यात भएको छ ।










प्रतिक्रिया दिनुहोस्