काठमाडौँ, १३ जेठ । कोरोना भाइरस महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्दा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएको भनी माओवादी केन्द्रका सांसदले गरेको टिप्पणी संघीय संसदको अभिलेखबाट हटेको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले बोलेका ती शब्द हटाउन निर्देशन दिएका हुन् । ‘…स्वास्थ्य सामग्रीमा दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन निर्देश गर्दछु’ सभामुख घिमिरेले भने ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसमेत सहभागी प्रमुख तीन दलका प्रमुख सचेतकहरु समेतको बैठकमा ओलीमाथि लगाइएको आरोप सम्बन्धी शब्द हटाउने सहमति भएको थियो । सोही सहमति अनुसार सभामुख देवराज घिमिरेले ती शब्दहरु संसदको रेकर्डबाट मेटाउन निर्देशन दिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्