काठमाडौँ, १३ जेठ । काठमाडौँबाट १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरस्थित सुनसरी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय ओमकार कार्की समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ६ सय १५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ शंखरापुर नगरपालिका-६ साँखु डेरा गरी बस्ने सोही नगरपालिका-१ घर भएका सत्यमान तामाङले घर भाडामा लिई जुवातास खेलाइरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ९५ रुपैयाँ, अमेरिकी ५ डलर र मलेसियाको आरएम १ दरको १० वटा नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्