राजनीति

माओवादीद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान



काठमाडौँ, १६ जेठ । दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ ।

आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बुढामगरलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्व शान्तिको अभियान सुरु गर्ने योजनामा रहेका बुढामगरलाई पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।