पोखरा, १८ जेठ । पोखराको फेवातालमा डुंगाहरूको प्रतिस्पर्धा हुने भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी साउन ६ र ७ गते (जुन २२ र २३) दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका छन् ।
पोखरामा पहिलोपटक हुन लागेको ‘ड्र्यागन बोट रेस फेस्टिभल’ का लागि यी दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका हुन् । दुई उडानमार्फत चीनबाट डेढ सयभन्दा बढी यात्रु/पर्यटक ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ ।
मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यो फेस्टिभलमा डुंगाहरूको प्रतिस्पर्धा हुनेछ। यसका लागि चीनबाटै ८ वटा विशेष किसिमका डुंगा पनि ल्याइनेछ। यी डुंगामा ड्र्यागनको आकृति हुनेछ । यो फेस्टिभल नेपालमै पहिलो पटक पोखराको फेवातालमा गर्न लागिएको हो । यसमा डुंगा चलाउने प्रतिस्पर्धा हुनेछ । यसको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन रहेको मन्त्रालयले जनाएको छ ।
चीनले विशेष रूपमा मनाउने यही उत्सव यसपालि फेवातालमा पनि मनाइन लागिएको हो । दुई दिनसम्म चल्ने यो फेस्टिभल नेपाल र चीन सरकारको सहकार्यमा हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्