धादिङ, १९ जेठ । राष्ट्रिय युवा संघ नेपाल धादिङले विहिवार धुनिबेशी नगरपालिका खानिखोलामा मसाल जुलुससहित विरोध प्रदर्शन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन् । नागरिकता विधेयक खारेज नगरेसम्म आन्दोलन गरिरहने चेतावनी दिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले वर्तमान सरकारक विरुद्ध विरोध प्रदर्शन गरेको छ । धादिङ स्थित खानिखोलामा गरिएको बिरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहनसंगै मसाल जुलुस पर्दर्शन गरिएको थियो ।
कार्यक्रममा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको संविधान भन्दा माथि रहि रिहा गरेर सरकारले अपराधी शुरक्षामा उत्प्रेरत गरेको आरोप लगाएको थियो । त्यस्तै अखण्ड भारतको नक्सामा कहिल्यै कसैको उपनिवेश नभएको नेपाली भुमि समेटेकोमा विरोध मा उत्रिएको हो। वर्तमान सरकारले कुटनैतिक पहल मार्फत नक्सामा असहमति जनाउनुको साटो नेपाललाई भारतमा विलय गराउने उदेश्यका साथ नागरिकता विधेयक पास गरि मोदिलाई कोसेली सहित भारत भ्रमण जानु भएको आरोप युवा संघ धादिङका सचिव हरि शरण जमकटेलले लगाए।
युवा संघ नेपालका केन्द्रीय सदस्य मोदनाथ सिलवालले अहिलेको सरकारले राम्रो संग वडा समेत चलाउन नसक्ने आरोप लगाउदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको राजिनामा माग गरेका थिए । कार्यक्रम समापन गरेका संघका जिल्ला अध्यक्ष सुनिल तामाङले जनजिबिकाका समस्या, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध निरन्तर सडकदेखि सदनसम्मको आन्दोलन गर्ने बताए । कार्यक्रमको सन्चालन जिल्ला सचिव हरिशरण जमरकट्टेलले गरेका थिए भने संघको केन्द्रीय सदस्य कमल सिलवाल सहित उल्लेख्य युवाहरुको उपस्थित रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्