समाचार

आजको राशिफल



कठमाडौँ, २० जेठ । यस्तो छ आजको राशिफल,

मेषः दिन राम्रो छ । श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ ।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ । राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ । रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ ।

कर्कटः उन्नति प्रगति हुने देखिन्छ । अपरिचितबाट राम्रो साथ मिल्नेछ ।

सिंहः आजको दिन राम्रो छ । अधुरा काम बन्नेछन् । प्रेममा सफलता मिल्नेछ । स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ ।

कन्या : दिन निक्कै राम्रो छ । अधुरा काम बन्नेछन् । आफ्नै काममा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

तुलाः दिन राम्रो छ । रोगले सताउने देखिन्छ । विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ ।

वृश्चिकः अधुरा काम बन्नेछन् । राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ । गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ ।

धनुः दिन सामान्य छ । बोलीमा मिठास मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनसक्छ । सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ ।

मकरः दिन सामान्य राम्रो छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

कुम्भः दिन सामान्य छ । खर्च हुने देखिन्छ । रोग बढ्नसक्छ । घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला ।

मीनः अधुरा काम बन्नेछन् । गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ ।