अर्थ

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’



बझाङ, २० जेठ । सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् ।

उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’ लेक गएको केही दिन नबित्दै वर्षासँगै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन महिना खान लिएर गएको अन्न लेकमै छोडेर झल्लादेवी दुई बच्चासहित घर हिँडिन् । त्यस क्रममा १६ वैशाखमा हिमपहिरोमा परेर बेपत्ता भइन् ।

तीन दिनपछि उनको लास भेटियो । उनका सपना हिउँसँग लेकमै विलय भए । झल्लादेवीका श्रीमान् भारतमा रोजगारी गर्न गएका छन् । ५ र ६ वर्षका छोराछोरी विचल्लीमा परेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।