समाचार

बाढीले बगाउँदा एक महिलाको मृत्यु



म्याग्दी, २३ जेठ । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीकाे नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा साेमवार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाकाे मृत्यु भएको हो । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको हो । बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको छ ।

म्याग्दीको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा साेमवार दिउँसो ठूलाे पानी परेकाे थियाे ।