समाचार

धनगढी उडेको श्री एयरको जहाज काठमाडौँ फिर्ता



काठमाडौँ, २३ जेठ । कैलालीको धनगढीतर्फ उडेको श्री एयरलाइन्सको एउटा जहाज ‘प्रेसराइजेसन फिलियर’ भएपछि त्यहाँ नपुगी काठमाडौँ नै फिर्ता आएको छ ।

आज बिहान ८ बजेर १० मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फिलियर भएको थियो । त्यसपछि जहाज ५० माइल टाढा पुगेर फिर्ता आएको थियो ।

जहाजले टेक अफ लिएर ‘क्लाइम्ब’ गर्ने बेलामा बाहिरको एयर प्रेसर र क्याबिनको एयर प्रेसर सन्तुलन गर्ने सिस्टममा समस्या आएपछि फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।