समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौँ, २३ जेठ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजधानीबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।