काठमाडौँ, २३ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ ।
मन्त्रालयका अनुसार मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको हो । जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ छनौट गरी संवाद प्रक्रिया अघि बढाउन सकिने छ । अथवा सिधैं यो पृष्ठमा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिनेछ ।










प्रतिक्रिया दिनुहोस्