राजनीति

उपलब्धिजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँ : मन्त्री किराती



काठमाडौँ, २३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धिजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् ।

आज काठमाडौँमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए । ओखलढुंथगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको उनले बताए ।