समाचार

पशुपतिमा सुरक्षाकर्मी मृत फेला



काठमाडौँ, २३ जेठ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा सुरक्षाकर्मी मृत फेला परेका छन् ।

कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुन्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको छ ।

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ ।