Banner News

प्रतिनिधिसभा बैठक बस्दै: बजेटमाथिको छलफल जारी रहने



काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ। छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।