राजनीति

कार्की नेतृत्वको सरकार अल्पमतमा



काठमाडौँ, २४ जेठ । माओवादी केन्द्रले कोसी प्रदेशसभा सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । यो संगै हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई अल्पमतमा परेको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् ।

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फर्ता लिने निर्णय गरिएसँगै मन्त्रीहरूले पनि राजीनामा दिएको माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।