समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, २४ जेठ । धनुषाको मिथिला नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाका अनुसार प्रदेश २–०२–००३ प २८७१ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे अनियन्त्रित भई पल्टिदा
चितवनको रत्ननगर नगरपालिका–१२ का २८ वर्षीय प्रशान्त वाग्लेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका वाग्लेको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।