राजनीति

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौँ, २४ जेठ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ ।

आयोगका पदाधिकारीहरूको आज बसेको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्ताव विरुद्ध छलफलका लागि बैठक बोलाइएको हो ।

यही जेठ २६ गते बिहान साढे ११ बजे सर्वदलीय बैठक बस्ने निर्णय भएको हो । सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेन्डा तय गरिएको आयोगले जनाएको छ ।