काठमाडौँ, २५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
बिहीबार नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उनले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने गरेको भन्दै उनले यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।
थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्ने अर्थमन्त्री डा. महतले बताए । सेयर बजारमा खेल्ने समूहले करको कुरा उठाएर फाइदा लिएको उनको भनाइ छ । त्यस समूहले बजारमा सेयरका विषयमा भ्रम सिर्जना गरेको र यो हुन नदिन आफू दृढ रहेको पनि उनले बताए ।










प्रतिक्रिया दिनुहोस्